दुईदिने स्वास्थ्य शिविरमा ७०० ले लिए सेवा
तनहुँ : भीमाद नगरपालिका–८ भानुमतिस्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित दुईदिने स्वास्थ्य शिविरबाट ७०० भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, तनहुँको भीमाद नगरपालिका र स्वास्थ्य कार्यालयको आयोजनामा शनिबार र आइतबार शिविर सञ्चालन गरिएको थियो ।
भीमाद नगरपालिकाका विभिन्न वडा र स्याङ्जाको हरिनास गाउँपालिकाका स्थानीयवासीले स्वास्थ्य परीक्षण गरेका थिए। जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, हिमालय आँखा अस्पताल पोखरा, गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सचालन गरिएको हो।
शिविरमा छाला तथा यौनरोग, स्त्रीरोग, हाडजोर्नी, नाक, कान, घाँटी, दन्तरोग, भिडियो एक्सरे, जनरल मेडिसिन, प्रयोगशाला सेवा, आँखा उपचार सेवा प्रदान गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।
शिविरमा गण्डकी मेडिकल कलेज पोखराका हाडजोर्नी विशेषज्ञ डा हरि शर्मा, दाँतरोग विशेषज्ञ डा साधना घिमिरे, डा. विवेक राई, स्त्रीरोग विशेषज्ञ डा. सविता थापा र जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका डा. रामकुमार श्रेष्ठ, डा. राजकुमार गजमेरले बिरामी जाँच गरेका थिए।
यस्तै हिमालय आँखा अस्पतालका गोविन्दनाथ योगी, मुस्कान गुप्ता, भीमाद प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रकाश नेपालीले स्वास्थ्य सेवा प्रदान गरेका थिए। शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल