रक्तपरीक्षण सेवा शुरु
डोटी : निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले रगत समूह परीक्षण सेवा शुरु गरेको छ।
दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले शनिवार रक्तपरीक्षण सेवा शुरु गरिन्। प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले रक्तदानले सबैभन्दा ठूलो पुण्य प्राप्त हुने तर्क गरे। अस्पतालका निर्देशक आइजंग कुँवरले बिरामीको ज्यान जोगाउन उद्देश्यले रक्तपरीक्षण शुरु गरेको बताए।
जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ रहेको रुद्रध्वज गणले हालसम्म ९७ बिरामीका लागि रक्तदान गरिसकेको निमित्त गणपति सन्तोष ढुंगेलले जानकारी दिए। कार्यक्रममा ५० जनाले रगत समूह परीक्षण गरेको अस्पतालले जानकारी दिएको छ ।
जिल्लामा बिरामीलाई रगतको आवश्यक परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नम्बर गणले उपलब्ध गराउँदै आएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित