Health TV Online
Health TV Online
Health TV Online

उपचारका क्रममा सुत्केरीको मृत्यु, नेपाल मेडिकल कलेजमा तोडफोड

उपचारका क्रममा सुत्केरीको मृत्यु, नेपाल मेडिकल कलेजमा तोडफोड

काठमाडौं : सुत्केरीको मृत्यु भएपछि जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा तोडफोड भएको छ। उपचारका क्रममा चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तलगायतले अस्पताल तोडफोड गरेका हुन्।

भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईको मृत्यु भएपछि आफन्तलगायतले शनिबार दिउँसो अस्पतालमा तोडफोड गरेका हुन्। राईले बिहीबार राति ११ बजे बच्चालाई जन्म दिएकी थिइन्।

भोलिपल्ट उनको मृत्यु भएको थियो। सुत्केरी गराउने क्रममा भ्याकुमले शिशु तान्दा पाठेघरसमेत तानेको आफन्तको आरोप छ।

उनीहरूले  छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न माग गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार