चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई कारवाहीको माग
काठमाडौं: चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई कारवाही गर्न माग गर्दै आन्दोलनका कार्यक्रम अघि ल्याइएको छ । प्रक्रिया पुगेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन घुस मागेको भन्दै विजय थापाले उनको कारवाहीको माग गरेका हुन्।
शुक्रबार पत्रकार सम्मेलन गर्दै थापाले गिरीले बी एण्ड सी मेडिकल कलेजको सम्बन्धनका लागि सञ्चालक दुर्गा प्रसाईसँग २० करोड घुस मागेको भन्दै उनलाई सरकारले कारवाही गर्नुपर्ने बताए । चिकित्सा शिक्षा विद्येयक आएपछि काठमाडौं बाहिरका मेडिकल कलेजले सम्बन्धन पाउने बाटो खुला गरेको भए पनि गिरीले सम्बन्धन दिन आनाकानी गर्दै घुस मागेको आरोप लगाइएको छ ।
धेरै जनाको प्रयास पछि बनेको चिकित्सा शिक्षा आयोग जस्तो सम्मानित संस्थामा यस्तो हर्कत हुनु खेदपूर्ण भएको उनले बताए । उनले गिरीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने समेत जिकीर गरे । गिरीलाई आउँदो माघ १६ गतेसम्म कारवाहीको प्रक्रिया अघि नबढाए आफू आयोगमै आमरण अनशन बस्ने चेतावनी समेत दिए ।
उनले आइतबारदेखि आयोगमा धर्ना एवं विरोधका कार्यक्रम गर्ने पनि जानकारी दिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण