नेपाल बाल शल्य चिकित्सक संघको नेतृत्वमा प्राडा चौधरी
काठमाडौं: बाल शल्य चिकित्सकहरुको साझा संगठन नेपाल बाल शल्य चिकित्सक संघले नयाँ नेतृत्व पाएको छ । शुक्रबार सम्पन्न संघको अधिवेशनले प्राडा रामनन्दन प्रसाद चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नेपाल बाल शल्य चिकित्सक संघ जन्मेदेखि १८ वर्ष सम्मका बालबालिकाको शल्यक्रिया गर्ने विशेषज्ञ चिकित्सकहरुको साझा संस्था हो । यो संघमा हालसम्म १९ जना शल्य चिकित्सक सदस्यका रुपमा आबद्ध छन्। नेपालमा झण्डै २९ जना मात्र बालबालिकाको रोगमा शल्यक्रिया गर्ने विशेषज्ञ शल्य चिकित्सक रहेको जनाइएको छ । नेपालमा नवजात शिशु एवं बाल मृत्युदर कम गर्न यी विशेषज्ञ शल्य चिकित्सकहरुको महत्वपूर्ण भूमिका रहेको छ ।
नवनिर्वाचित अध्यक्ष प्राडा चौधरीले विशिष्टीकृत सेवाले बालमृत्युदर कम गर्न सहयोग हुने भन्दै नेपालमा पनि प्रत्येक प्रदेशमा बाल अस्पतालको आवश्यकता रहेको बताए । उनले झण्डै ४० प्रतिशत बालबालिका रहेको नेपालमा अझ धेरै बाल विशेषज्ञ चिकित्सकहरुको आवश्यकता रहेको जनाए ।
प्राडा चौधरीको नेतृत्वको नयाँ कार्यसमितिमा डा रामेश्वर प्रसाद पोखरेल उपाध्यक्षमा चयन भएका छन् । त्यसैगरी, महासचिवमा डा अनुपमा थापा, सहसचिवमा डा गेहराज दाहाल, कोषाध्यक्षमा डा विजय थापा र सहकोषाध्यक्षमा डा रमना राजकर्णिकार चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा डा पुष्कर पोखरेल, डा मनिष पोखरेल, डा ज्यास्मिन बज्राचार्य, डा आशिष लाल श्रेष्ठ चयन भएका छन् । संघमा डा नारायण बहादुर थापा निवर्तमान अध्यक्ष रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण