उपकुलपति चयन गर्न ‘सर्च कमिटी’ गठन
काठमाडौं : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति चयनका लागि सरकारले ‘सर्च कमिटी’ गठन गरेको छ।
प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति चयनका लागि शुक्रबार सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा सर्च कमिटी गठन गरेका हुन्।
कमिटीमा अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झा सदस्य छन्। तत्कालीन उपकुलपति प्रा.डा. राजकुमार रौनियार केही समयअघि घुसकाण्डमा मुछिएर निलम्बनमा परेका थिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित