Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्री ढकाललाई कानुन मन्त्रालयको जिम्मेवारी थप

स्वास्थ्यमन्त्री ढकाललाई कानुन मन्त्रालयको जिम्मेवारी थप

काठमाडौ‌ं : सरकारले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको छ।

राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको हो।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि खाली रहेको मन्त्रालय ढकाललाई जिम्मा दिइएको हो।

यसअघि यही सरकारमा ढकालले कानुन मन्त्रालय पाएका थिए। मन्त्रिपरिषद् विस्तार तथा हेरफेरका क्रममा तत्कालीन स्वास्थ्यमन्त्री यादवलाई कानुन मन्त्रालयमा लगिएपछि ढकाल स्वास्थ्य मन्त्रालय आइपुगेका हुन्।

यस्तै खाली रहेको शहरी विकास मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार