विषादी न्यूनीकरणका प्रयास पर्याप्त भएनन्
काठमाडौं : सराेकारवालाहरूले नेपालमा विषादीको प्रयोग बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। नेपाल जनस्वास्थ्य प्रतिष्ठानको आयोजनामा शुरु भएको विषादीले स्वास्थ्यमा पार्नसक्ने असर विषयमा दुईदिने सम्मेलनमा उनीहरूले विषादी न्यूनीकरणका लागि भएका प्रयास प्रभावकारी नभएको बताएका हुन्।
कार्यक्रममा कृषि तथा पशुविकास मन्त्री घनश्याम भुसालले मानव स्वास्थ्य र जीवजन्तुका लागि हानिकारक विषादी न्युनीकरणका लागि सरकारले प्रयास गरिरहेको बताए। उनले कृषि उत्पादनमा विषादीको मात्रा घटाउँदै जैविक विषादीमा जोड दिनुपर्ने बताए। नेपालमा उत्पादित फलफूल र तरकारी विषादीमुक्त छ भन्ने दिन चाँडै आउने उनको भनाइ छ।
कार्यक्रममा चितवन कालिका नगरपालिकाका प्रमुख खुमनारायाण श्रेष्ठले विषादीको प्रयोगले उत्पादन बढी हुन्छ भन्ने भ्रम कृषकबाट हटाउन नसकिएको बताए। अत्यधिक विषादी प्रयोगका कारण चितवन तल्लो ‘बेल्ट’का मानिसमा मुटु र मृगौलाका खतरनाक रोग बढेको पाइएकाे उनले बताए। नगरपालिकाले विषादी प्रयोग भएका तरकारी तथा फलफूल बिक्री गर्न नदिने योजनामा रहेको जानकारी दिए।
चितवन जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले प्रदेश ३ लाई विषादी न्युनीकरण भएको पहिलो प्रदेश बनाउने अभियानमा रहेको बताए। सर्वप्रथम जिल्लालाई विषादीमुक्त बनाउन विषादी न्यूनीकरण सप्ताह चलाइरहेको उनको भनाइ छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित