निवारण भएन हात्तीपाइले, १३ जिल्लामा खुवाइँदै औषधि
बागलुङ : हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भन्दै गत वर्ष अभियान सञ्चालन गरिए पनि छ महिनापछि सर्वेक्षण गर्दा पुनः १३ जिल्लामा संक्रमण भेटिएको छ।
७७ जिल्लामध्ये १३ जिल्लामा औषधि खुवाएको छ महिनापछि परीक्षण गर्दा जीवाणु भेटिएको हाे। ती जिल्लामा पुनः एकसाथ अभियान सञ्चालन गर्न लागिएकाे स्वास्थ्य सेवा विभागका डा. प्रकाश शाहले जानकारी दिए।
सर्वेक्षण गर्दा पुनः संक्रमण भेटिएका कारण जिल्लामा ११ औँ पटक आगामी माघ २५ गतेदेखि हात्तीपाइले रोगविरुद्ध अभियान सञ्चालन गर्न लागिएको छ।
१३ जिल्लामध्ये गण्डकी प्रदेशमा बागलुङसहित पर्वत र लमजुङमा ११ औँ पटक अभियान सञ्चालन गर्नुपर्ने भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए। ‘हात्तीपाइलेविरुद्धको औषधि सेवनमा नागरिक सचेत नहुनु र लगातार औषधि नखानु यसको कारण हो’, उनले भने, ‘अब स्वास्थ्यकर्मीकै निगरानीमा औषधि खुवाइनेछ।’
विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्या समाधान हुन सकेकाे छैन।
हात्तीपाइले रोगबाट बच्न लगातार छ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्छ । लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भए पनि हात्तीपाइले रोग निवारणका लागि जिल्लामा ११ औँ अभियान सञ्चालन गर्न लागेको डा. शाहले जानकारी दिए।
‘विश्व स्वास्थ्य संगठनले हरेक जिल्लामा हात्तीपाइलेको जीवाणु एक प्रतिशत कम हुनुपर्छ भनेकाे छ’, शाहले भने, ‘एक प्रतिशतभन्दा कम ल्याउन अभियान चलाए पनि पूरा नभएपछि फेरि अभियान सञ्चालन गर्न लागिएको हो।’
रासस





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण