‘चिकित्सकको सेवा सुविधा थप नगरेसम्म स्वास्थ्य क्षेत्रको विकृति रोकिँदैन’
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चिकित्सककाे पारिश्रमिक र सेवा सुविधा कम हुँदा स्वास्थ्य क्षेत्रमा विकृति मौलाएको तर्क गरेका छन्।
प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा मन्त्री ढकालले तलब, सेवासुविधा कम हुँदा अधिकांश चिकित्सक सरकारी अस्पतालमा हाजिर गरेर अधिकांश समय निजी अस्पतालमा बस्ने गरेको बताएका हुन्।
उनले चिकित्सकहरूले सरकारी अस्पताललाई सम्पर्क कार्यालय बनाउने गरेको आरोप लगाए। ‘पारिश्रमिक र सेवा सुविधा कम हुँदा सरकारी चिकित्सकहरूले बिरामीलाई निजी अस्पताल तान्ने गरेको पनि पाइएको छ’, उनले भने, ‘स्वास्थ्य क्षेत्रका विकृति हटाउन सेवा सुविधा थप गर्नुपर्छ।’
सांसद जनार्दन शर्माले विशेषज्ञ चिकित्सकले जनताको सेवा नगर्ने प्रवृतिको अन्त्य विधेयकबाट नै गर्नुपर्ने तर्क गरे। सांसद डिला संग्रौलाले स्वास्थ्यकर्मीलाई निजामती सेवामा रहेका अन्य कर्मचारीसरह व्यवहार तर्क गरिन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण