Health TV Online
Health TV Online
Health TV Online

उपचार नपाउँदा सुत्केरीको मृत्यु

उपचार नपाउँदा सुत्केरीको मृत्यु

मुगु : समयमै स्वास्थ्य संस्था पुर्याउन नसक्दा छायानाथ रारा नगरपालिकाकी एक सुत्केरीको मृत्यु भएको छ। छायानाथ रारा नगरपालिका–१० जिउला गाउँकी ३५ वर्षीया धनरूपा विकको मृत्यु भएको हो।

सुत्केरी भएर अत्यधिक रक्तश्रावका कारण बुधबार बिहान उनको मृत्यु भएको हो। उपचारका लागि उनलाई जिल्ला अस्पताल लैजान एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न नसक्दा उपचार नपाएर उनको ज्यान गएको श्रीमान् रामबहादुर विकले बताए।

‘‘घरमै सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएपछि अस्पताल पुर्याउन नगरपालिका र जिल्ला अस्पतालका एम्बुलेन्सलाई खबर गर्न खोज्यौँ, उनले भने, ‘मोबाइलको टावर नहुँदा सम्पर्क हुन सकेन, बोकेरै अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।’ आमाको बाटैमा मृत्यु भएपछि नवजात शिशुको बिचल्ली भएको छ।

लगातारको हिमपातले एक सातादेखि मुगु र हुम्ला जिल्ला सञ्चारविहीन भएको छ। मृतक विकको गाउँबाट जिल्ला अस्पताल तीन घण्टाको पैदल दूरीमा टाढा छ। विकले यो पटक पाँचौँ सन्तान जन्माएकी हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार