चितवनमा विषादी प्रयोगमुक्त सप्ताह
चितवन : जिल्लामा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ शुरु भएको छ। मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले विषादी न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले बुधबार सप्ताह शुरु भएको हो।
प्र देश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले सप्ताह उद्घाटन गरे। उनले एक दिन वा सप्ताहव्यापी कार्यक्रम गरेर मात्रै यसकाे न्यूनीकरण गर्न नसकिने तर्क गरे।
नेपालमा सन् २०१३ देखि विषादी प्रयोगमुक्त दिवस मनाउन थालिएको थियो। याे वर्ष ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ नारा तय गरिएको छ।
नेपालमा सन् १९५२ मा मलेरिया रोग नियन्त्रणका लागि भित्र्याइएको विषादी त्यसपछिका वर्षमा कृषि उत्पादनको क्षेत्रमा प्रयोग गर्न थालिएको हो । यसको मात्रा प्रतिवर्ष बढ्दै गएको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र, ललितपुर जनाएको छ । अन्य देशको तुलनामा प्रतिएकाइ जमिनमा विषादीको प्रयोग निकै कम भए पनि ८५ प्रतिशत बढी विषादी तरकारी बालीमा मात्र प्रयोग हुने गरेको सरकारी तथ्यांकमा उल्लेख छ।
गत वर्ष मात्र नेपालमा ६३२.४१ टन विषादी आयात भएको छ, जसमा कीटनाशक २१६ टन, रोगनाशक २६७ टन, झारनाशक १४२ टन र अन्य पाँच टन छ। विषादी आयातका लागि करिब ८४ करोड रूपैयाँ खर्च भएको छ।
विषादीले मानव जीवनमा तत्काल तथा दीर्घकालीन असर गर्ने चिकित्सकहरू बताउँछन्। मुर्छा पर्ने, झाडापखाला लाग्ने, दृष्टि कमजोर हुनेदेखि मृत्युसमेत हुनसक्ने उनीहरू बताउँछन्। विषादीकै कारण विश्वमा वार्षिक करिब तीन लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ।
सप्ताह २९ गतेसम्म सञ्चालन हुनेछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण