Health TV Online
Health TV Online
Health TV Online

मेची अस्पतालमा बेवारिसे अवस्थामा एक महिला

मेची अस्पतालमा बेवारिसे अवस्थामा एक महिला

झापा : भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा छ महिनादेखि एक महिला बेवारिसे अवस्थामा छिन् ।

राम्ररी बोल्न, आँखा देख्न र कान सुन्न नसक्ने ६० वर्षीया महिलालाई छ महिनाअघि प्रहरीले सडकबाट उद्धार गरेको थियो। खुट्टा भाँचिएको अवस्थामा उद्धार गरेर प्रहरीले उनलाई अस्पतालमा उपचारका लागि भर्ना गराएको थियो। हाल उनी रोगबाट मुक्त भए पनि आफन्त वा संरक्षक कोही पनि लिन नआएको अस्पताल प्रशासनले जनाएको छ।

ती महिला आफूलाई भारतको दार्जिलिङ बजार छेउकी बासिन्दा भएको बताउँछिन्। तर आफू कसरी नेपाल आइपुगेँ भन्ने उनलाइै थाहा छैन। दोहोरो कुराकानीसमेत गर्न नसक्ने उनी आफ्नो नाम डिकी तामाङ भएको बताउँछिन्। उनले छिरिङ नामको छोरा पनि भएको जानकारी दिइन्।

अस्पतालको मेडिकल वार्डका इञ्चार्ज बीपी चौधरीले आफन्तको खोजी गरे पनि पत्ता लाग्न नसेको बताए। अस्पताल प्रशासनले महिलाको आफन्त खोजी दिन वा संरक्षण गरिदिन प्रहरीलाई अनुरोध गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार