Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

घुस मागेको आरोप पुष्टि गर्न प्रसाईलाई आयोगका उपाध्यक्ष डा गिरीको चुनौती

घुस मागेको आरोप पुष्टि गर्न प्रसाईलाई आयोगका उपाध्यक्ष डा गिरीको चुनौती

काठमाडौं:  आफूले मेडिकल कलेज सम्बन्धनका लागि २० करोड घुस मागेको आरोप पुष्टि गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले चुनौती दिएका छन्।

झापाको बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजका सञ्‍चालक दुर्गा प्रसाईले मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि २० करोड घुसमागेको आरोप लगाएपछि गिरीले जवाफमा यस्तो बताएका हुन्। उनले प्रसाईले आफूलाई गलत आरोप लगाएको बताए । उनले पत्रकार सम्मेलन गर्दै प्रसाईलाई यो आरोप पुष्टी गर्न चुनौती समेत दिए।

उनले भने, ‘यो आरोपमा कुनै सत्यता छैन। र म उनले भने बमोजिम द्धारिका होटलमा गएकै छैन्। यो सबै कपोकल्पित आरोप हो । उनले आफूमाथि गम्भीर आरोप लागेपछि प्रसाईले पत्रकार सम्मेलन गरेको केही घण्टा नबित्दै पत्रकार सम्मेलन गरेका हुन्।

बिर्तामोडमा सञ्‍चालित बी एन्ड सी कलेजका सञ्चालक प्रसाईले सबै प्रक्रिया पूरा गर्दा पनि गिरीले नै पैशाका लागि काम अट्काएको भन्दै पत्रकार सम्मेलन गरेका थिए । सरकारले गत भदौमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा गिरीलाई नियुक्त गरेको थियो।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार