बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाईँकाे आरोप : चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले २० कराेड मागे
काठमाडौं : बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले चिकित्सा शिक्षा आयोगका वरिष्ठ उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूसँग २० करोड घूस मागेको आरोप लगाएका छन्।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी प्रसाईँले झापाकाे धाइजन ४ स्थित मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले २० करोड रुपैयाँ मागेको आरोप लगाएका हुन्।

रकम दिन नसक्ने बताउँदा कलेजको सम्बन्धन नै रोकेको उनले बताए। प्रसाईँले गत मंसिर १५ गते आफूलाई बोलाएर पैसा मागेको दाबी गरेका छन्।
‘शिक्षा विधेयक आइसकेपछि काठमाडौं बाहिरका मेडिकल कलेजलाई सम्बन्धन दिने व्यवस्था गरिएकाे छ’, उनले भने, ‘रकम नपाएकै निहुँमा गिरीले बी एण्ड सीको सम्बन्धन रोके।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण