आगामी जेठमा ‘मर्यादित महिनावारी’ सम्मेलन
काठमाडाैं : सरकारले महिनावारीको विषयम जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘मर्यादित महिनावारी अन्तर्राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले आगामी वर्ष जेठको १३ देखि १५ गतेसम्म सम्मेलन गर्न लागिएको जानकारी दिएका हुन्। प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा मन्त्री गुरुङले छाउपडी रोक्न सरकारले अहिलेसम्म गरेको प्रयत्नमै खोट भएको बताए। ‘यसलाई सच्याउनुपर्छ’, उनले भने, ‘स्थानीय सरकारलाई जिम्मेवार बनाउनुपर्छ।’
समितिले अभिभावक र छाउगोठमा बस्नेलाई समेत अनिवार्य रूपमा कानूनी कारवाहीको दायरामा ल्याउन गृह, सङ्घीय मामिला र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण