पीडित नर्सिङ विद्यार्थीले दिए ‘आत्मदाह’को चेतावनी
काठमाडौं : चक्रवती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्स कलेजका नर्सिङ विद्यार्थीहरूले आत्मदाहको चेतावनी दिएका छन्।
कलेज खारेजीमा परेपछि आफूहरूको भविष्य अन्धकारमा परेको भन्दै उनीहरूले प्रशासनिक केन्द्र सिंहदरबार अगाडि आत्मदाहको चेतावनी दिएका हुन्।
पीडित विद्यार्थी संघर्ष समितिले मंगलबार रिपोर्टर्स क्लबमा गरेको पत्रकार सम्मेलनमा विद्यार्थीहरूले आन्दोलनको घोषणा समेत गरे। समितिकी संयोजक अनुष्का चौलागाईँले नर्स बन्ने सपना बोकेर दुर्गम ठाउँबाट आएका ३० जनाको भविष्य अन्योलमा परेको बताइन्। सीटीईभीटीदेखि शिक्षा मन्त्रालयसम्म धाउँदा पनि परीक्षा दिन नपाएपछि दुई वर्षको अध्ययन खेर गएको उनको गुनासो छ।
मापदण्ड पूरा नगरेको भन्दै सीटीईभीटीले २०७५ सालमा क्रवती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्स कलेज सम्बन्धन खारेज गरेको थियो। सञ्चालकबीच विवाद भएपछि सर्वोच्च अदालतले कलेज बन्द गर्न आदेश दिएको थियो।
परीक्षा दिन नपाएर पीडामा परेका ३० जना विद्यार्थी पत्रकार सम्मेलनमा उपस्थित थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण