Health TV Online
Health TV Online
Health TV Online

प्राकृतिक चिकित्सा तथा योग हस्पिटल एसोसिएशन गठन, बस्नेत बने अध्यक्ष

प्राकृतिक चिकित्सा तथा योग हस्पिटल एसोसिएशन गठन, बस्नेत बने अध्यक्ष

काठमाडौं : प्राकृतिक चिकित्साको विकासका लागि प्राकृतिक चिकित्सा तथा योग हस्पिटल एसोसिएशन गठन भएको छ । शनिबार काठमाडौंमा बसेको भेलाले सुस्वास्थ अस्पतालका अध्यक्ष अकुपन्चरिस्ट सुदर्शन बस्नेतको अध्यक्षतामा एसोसिएशनको गठन गरेको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा वेलनेस अस्पतालका अध्यक्ष डा जनक बहादुर बस्नेत त्यसैगरी उपाध्यक्षमा डा दिपा पाण्डे, डा रविनलाल श्रेष्ठ, र हरि सापकोटा चयन भएका छन्। यसैगरी एसोसिएशनको महासचिवमा स्पार्क अस्पतालका निर्देशक रुपेश अधिकारी चयन भएका छन्। कोषाध्यक्षमा डा आनन्द गैरे रहेका छन्। सदस्यहरुमा डा क्षितिज बराकोटी, डा आयूषा अधिकारी, नमिता घिमिरे,ध्रुव घिमिरे, सरस्वती पन्थी भुषाल र शिव अधिकारी चयन भएका छन्।

एसोसिएशनका बारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुदर्शन बस्नेतले प्राकृतिक तथा योग अस्पतालको संस्थागत विकासका लागि संस्था गठन गरिएको बताए । उनले प्राकृतिक चिकित्सा सरकारको प्राथमिकतामा पर्न नसकेको भन्दै यसलाई बिस्तार गर्न कै लागि सबै सञ्चालकहरु एकजुट हुनुपर्ने बताए ।

‘हामीसँग एकिन तथ्यांक पनि छैन देशभर कति प्राकृतिक चिकित्सा सम्बन्धी अस्पताल र क्लिनिक छन भन्ने । यो विडम्बना हो ‘ उनले भने ,अब हामी छरिएर रहेका अस्पताल सञ्चालकहरु एकै थलोमा आएर यसको विकास र विस्तारमा लाग्नेछौं, उनले थपे ।

नसर्ने रोगका लागि पहिलो चिकित्सा नै प्राकृतिक चिकित्सा भएको बताउँदै उनले यसबारे सचेतना फैलाउन मिडियालाई पनि साथ दिन आग्रह गरे ।

कार्यक्रममा अध्यक्ष बस्नेतले आगामी दिनमा संघीय एवं प्रदेश सरकारसँग समन्वय गरी प्राकृतिक चिकित्साको सेवा विस्तार एवं नीति निर्माणमा अघि बढ्ने समेत जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार