Health TV Online
Health TV Online
Health TV Online

आयुर्वेद औषधालयमा औषधि अभाव

आयुर्वेद औषधालयमा औषधि अभाव

जुम्ला : कर्णाली आयुर्वेद औषधालयमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । एक महिनादेखि औषधि अभाव भएपछि औषधालयमा आउने बिरामीले उपचार पाएका छैनन्।

स्थानीय जन्मकन्या रावतले औषधि नहुँदा खाली हात फर्कन बाध्य भएको गुनासो गरिन्। औषधालयमा औषधि नपाउँदा आफू लगायतका सेवाग्राही रित्तै फर्किएको चन्दननाथ  नपा–१० का मदनमोहन देवकोटाले गुनासो गरे। चिसो शुरु भएपछि औषधालयमा बिरामीको चाप बढेको भए पनि सेवा नपाउँदा रित्तै फर्किने गरेको उनको भनाइ छ।

औषधि अभाव भएपछि औषधालयमा कार्यरत ६ कर्मचारीले कार्यालय खोल्ने र हाजिर लगाउने काममात्रै गर्ने गरेका छन्। औषधालयकी वैद्य सुमित्रा आचार्यले पनि औषधि नभएकाले आउने बिरामीकाे उपचार गर्न नसकेको बताइन्। औषधालयमा ग्याष्ट्रिक, पायल्स, बाथरोग र नसारोगको उपचार हुँदै आए पनि औषधि नहुँदा सेवा प्रभावित भएको उनले बताइन्।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम केसीले गत आर्थिक वर्षदेखि हालसम्म औषधालयका लागि औषधि खरिद हुन नसक्दा समस्या आएको बताए।  केही दिनभित्रै औषधि खरिद गरी औषधालयलाई दिने तयारी भइरहेको उनले जानकारी दिए। जुम्लासहित मुगु, कालीकोट, डोल्पा जिल्लाबाट दैनिक ५० बिरामीले सेवा लिँदै आएका औषधालयले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार