Health TV Online
Health TV Online
Health TV Online

घरमा सुत्केरी हुन नदिन नगरपालिकाकाे यस्ताे अभियान

घरमा सुत्केरी हुन नदिन नगरपालिकाकाे यस्ताे अभियान

नवलपरासी पश्चिम : घरमै सुत्केरी हुने क्रम शून्य बनाउन बर्दघाट नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियानलाई तीव्रता दिएको छ।

नगरपालिकाले घरमै सुत्केरी हुने दर घटाउन वडा वडा तहमा अभियान चलाएको हो। नगरपालिकाले वडा नं. ८, ९ र १४ लाई पूर्ण संस्थागत सुत्केरी भएको वडा घोषणा गरिसकेको छ।

सबै वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरी नगरपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी स्थानीय तह घोषणा गर्ने योजना रहेको नगर प्रमुख धीरज शर्मा बस्यालले बताए।

नगरपालिकाले बच्चा जन्माउन अस्पताल जाने महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा र स्वास्थ्य संस्थामा सुत्केरी भएबापत पाँच हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार