म्याग्दीमा भेटियाे स्क्रब टाइफस
म्याग्दी : जिल्लामा पहिलोपटक स्क्रब टाइफस संक्रमण पाइएको छ। बेनी नगरपालिका–९ की ६६ वर्षीया एक महिलामा स्क्रब टाइफसलाई संक्रमण भएको हो।
बेनी अस्पतालमा तीन शंकास्पद बिरामीलाई जाँच गर्दा ती महिलामा स्क्रब टाइफस ‘पोजिटिभ’ पाइएको चिकित्सकले बताएका छन्। ज्वरो निको नभएपछि उपचारका लागि अस्पताल आउँदा स्क्रब टाइफसको संक्रमण पाइएको डा. सुदीप अधिकारीले जानकारी दिए।
स्क्रब टाइफसका बिरामीमा आँखा रातो हुने, झाडापखला लाग्ने, टाउको दुख्ने, पसिना धेरै आउने जस्ता लक्षण देखिने भएकाले तुरुन्तै स्वास्थ्य संस्था जानाुपर्ने चिकित्सक बताउँछन्। मुसाबाट संक्रमण हुने भएकाले घर वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा जीउ ढाक्ने कपडा लगाउने गर्न उनीहरूले सुझाव दिएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित