विद्यालयमा जंक फुड खान राेक
अर्घाखाँची : जिल्लाका चार सामुदायिक विद्यालयमा जंक फुड खान रोक लगाइएको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर १० ले सामुदायिक विद्यालयमा बालबालिकालाई जंक फुड खान निषेध गरेको हो।
चार सामुदायिक विद्यालय– जनसेवा आधारभूत विद्यालय, अरनिको आधारभूत विद्यालय, विद्याविकास आधारभूत विद्यालय र आदर्श आधारभूत विद्यालय तथा वडा कार्यलय समेतमा जंक फुड खान निषेध गरिएको हो।
विद्यालय परिसर तथा वडा कार्यालयभित्र कसैले जंक फुड खाएको पाइएमा कारबाही हुने बताइएको छ। वडाले विद्यालयका बालबालिकालाई टिफिन वितरण गरेको छ।
विद्यालयले अभिभावकहरूलाई समेत जंकफुड सेवनबाट बालबालिकामा पर्ने स्वास्थ्यसम्बन्धी सचेतनामूलक प्रशिक्षण सञ्चालन गरेको छ।
जंंकफुड खानाले सेवनले बालबालिकामा विभिन्न शारीरिक समस्याका साथै वृद्धिविकासमा समेत अवरोध हुने चिकित्सहरूले बताउने गरेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण