मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जग्गा
हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२० कट्ठा जग्गा उपलब्ध गराउने भएको छ ।
शिक्षण अस्पतालसमेत सञ्चालन गर्नेगरी हेटौँडामा बन्न लागेको प्रतिष्ठानका लागि जग्गा उपलब्ध गराउन लागेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए।
हेटौँडा–१० को टीसीएन क्षेत्र र हेटौँडा–११ को थानाभर्याङमा गरी १२ बिघा जग्गा प्रतिष्ठानलाई उपलब्ध गराउने उनले बताए।
प्रदेश ३ सरकारले गतवर्ष जेठमा हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको थियो। प्रदेशसभाले यसै वर्ष भदौमा‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७६’ सर्वसम्मत पारित गरेको थियो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित