जडिबुटी भण्डार र प्रशोधन केन्द्र स्थापना हुँदै
जाजरकोट : जडिबुटी भण्डार तथा प्रशोधनका साथै खेतीका लागि डिभिजन वन कार्यालयले पहल शुरु गरेको छ। संघीय सरकार तथा कर्णाली प्रदेश सरकारको अनुदानमा जिल्लाका सातवटै स्थानीय तहमा कार्य अगाडि बढाइएको हो।
जडिबुटीको भण्डार मानिएको जाजरकोटमा डिभिजन वन कार्यालयले जडिबुटी भण्डार तथा प्रशोधन केन्द्र स्थापनाका साथै उद्यम स्थापना गर्न लागेको डिभिजन प्रमुख महेश कुमाईले जानकारी दिए।
त्यस्तै सहकारीमार्फत जडिबुटी खेती, भण्डारण, बजारीकरणसमेत गर्ने योजना छ। स्थानीय जडीबुटीको खेती तथा विस्तार भण्डारणसमेत गरिन लागेको कुमाईले बताए। जिल्लाका जडीबुटीको राम्रो सम्भावना भएको ठाउँमा पकेटका आधारमा खेती विस्तार गर्न लागिएको उनको भनाइ छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित