डडेल्धुरा अस्पतालमा मन्त्रालयले पठाएका १४ चिकित्सकमध्ये ३ जना मात्रै हाजिर
विशेषज्ञ चिकित्सकसहितको अस्पतालका रूपमा संघीय सरकारमातहत रहेको सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा ३ जना चिकित्सको भरमा छ।
२० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि अस्पतालले लामो समयदेखि दरबन्दी अनुसारका चिकित्सक पाएको छैन। २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले छात्रवृती करारबाट एकजना र अस्पताल विकास समितिबाट दुईजना गरी करारमा ३ जना विशेषज्ञ चिकित्सक मात्रै छन्। त्यस्तै १९ जना मेडिकल अफिसरको दरबन्दी रहेको अस्पतालमा ९ जना चिकित्सक रहेपनि ५ जना अध्ययन बिदामा रहेका छन भने ४ जनामात्र अस्पतालमा कार्यरत छन्।
स्वास्थ्य मन्त्रालयले पठाएका ११ जना स्थायी र ३ जना करार गरी १४ जना चिकित्सक मध्ये ३ जना मात्र डडेल्धुरा अस्पतालमा पुगेका छन्। बाँकी ११ जना भने अहिलेसम्म अस्पतालमा पुगेका छैनन्। मन्त्रालयले पठाएका ७ जना चिकित्सक यसअघिदेखि नै अध्ययन बिदामा छन् भने एकजना संघीय सरकारबाट प्रदेश मातहतको बाजुरा जिल्ला अस्पतालमा काज सरुवा भएका छन्। यस्तै अर्का एकजना अहिले सुत्केरी स्याहार बिदामा रहेका छन्। यसैगरी करारमा पठाएका २ जना अझै सम्पर्कमा नआएका अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा जगदीशचन्द्र बिष्टले जानकारी दिए।
अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा सात पहाडी जिल्लाको स्वास्थ्य सेवा नै प्रभावित बनेको बिष्ट बताउँछन्। कर्मचारी समायोजनपछि डडेल्धुरा अस्पतालमा रहेका चिकित्सकहरु सरुवा भइ गएपछि अभाव भएको अस्पतालका निमित्त प्रमुख डा विष्टले बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित