Health TV Online
Health TV Online
Health TV Online

दुवै मिर्गौला काम नलाग्ने भएका आलेद्वारा सहयोगको याचना

दुवै मिर्गौला काम नलाग्ने भएका आलेद्वारा सहयोगको याचना

बागलुङ : दुवै मिर्गौला काम नलाग्ने भएका काठेखोला गाउँपालिका–३ धम्जा सायकटेराका विपिन आलेले उपचारका लागि सहयोगको याचना गरेका छन्।
आर्थिक अवस्था कमजोर रहेको र उपचारमा धेरै खर्च लाग्ने भन्दै आलेले सहयोगको याचना गरेको हुन्।

स्थानीय विद्यालयबाट कक्षा १२ पास गरेका २२ वर्षीय आलेको उपचार काठमाडौँको सुमेरु अस्पतालमा उपचार भइरहेको छ। ‘अहिले म अस्पतालको बेडमा छु। तर रोगसँग हारेको छैन’, उनले भने, ‘नेपाली दाजुभाइ–दिदीबहिनीको सहयोगले म पनि स्वस्थ भएर फर्किने आशा गरेको छु।’

उपचारका लागि अहिलेसम्म पाँच लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको दाइ रेशम आलेले बताए। नियमित डायलासिस र ट्रान्सप्लान्ट गर्न ठूलो रकम खर्च हुनसक्ने अस्पतालले बताएकाले विपिन उपचार सहयोग समिति बनाएको उनले जानकारी दिए।

पारिवारिक अवस्था कमजोर भएकाले देश–सहयोगका लागि अपिल गरेकाे विपिन उपचार सहयोग समितिका संयोजक भीमलाल आलेले बताए। सहयोग गर्न चाहनेले समिति वा विपिनकी श्रीमती पूजा हमालको माछापुच्छ्रे बैंक बागलुङ शाखामा रहेको खाता न ४४४८५२४६७१२८५०१३ मा जम्मा गर्न सक्ने बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार