Health TV Online
Health TV Online
Health TV Online

नमुना स्वास्थ्य केन्द्र चिकित्सकविहीन, जाँच नहुँदा चार शव अलपत्र

नमुना स्वास्थ्य केन्द्र चिकित्सकविहीन, जाँच नहुँदा चार शव अलपत्र

बाजुरा : पूर्वीउत्तरी क्षेत्रको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ। चिकित्सक गणेश चौधरी समायोजन भएर अन्यत्रै गएपछि स्वास्थ्य केन्द्र चार महिनादेख्रि चिकित्सकविहीन बनेको हो। चिकित्सक नहुँदा अहिले स्थानीयवासीले ठूलो सास्ती खेप्नुपरेको छ।

हिमाली गाउँपालिका–७ बाधुको कालापडा भिरबाट सडक दुर्घटना हुँदा मृत्यु भएकाको शव स्वास्थ्य केन्द्रमा राखिएको चार दिन भएको छ। मृतकका परिवार  चिकित्सकको पर्खाइमा रहेका छन्। शव परीक्षण हुन सकेको छैन। कालापडा भिरबाट कर्णाली नदीमा बिहीबार जिप खस्दा चार जनाको मृत्यु भएको थियो।

जिल्लाकै स्वास्थ्य केन्द्रमा आफन्त चार दिनदेखि शव कुरिरहेका छन्। शव सड्ने अवस्था पुगिसकेका छन्। नागरिक अगुवा जनेश भण्डारीले भने, ‘कोल्टीमा चिकित्सक भएको भए बिहीबार नै शव परीक्षण गरेर आफन्तले काजकिरीया शुरु गरिसक्थे। आजसम्म शव कुरिरहनु पर्दैनथ्यो। ‘

चिकित्सक नहुँदा बाजुराका उत्तरी क्षेत्रका चार स्थानीय तह र छिमेकी जिल्ला हुम्ला, कालिकोट र मुगुका जनतालाई सास्ती भएको छ। स्वास्थ्य सस्थामा दैनिक ८० बिरामी उपचारमा आउने गरेका छन्। चिकित्सक नभएकै कारण नेपालगञ्ज, मार्तडी सिफारिश गर्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।

बूढीनन्दा नगरपालिका–१ का बडा अध्यक्ष नृपराज खत्री नमुना स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि हवाइजहाजकाे महंगाे भाडा तिरेर नेपालगञ्ज जानुपर्ने बिडम्बना रहेको बताउँछन्। वर्षाले मार्तडी कोल्टी अवरुद्ध हुँदा समदरमुकाम मार्तडीलगायत अन्य ठाउँमा लैजान पनि समस्या भएको छ । बाजुराको हुम्ला, मुगु र कालिकोटका ५० हजार सर्वसाधारणलाई स्वास्थ्य केन्द्रले सेवा दिँदै आएको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार