विपन्नका लागि ग्राण्डीमा ४० शय्या
काठमाडौं : टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विपन्न व्यक्तिहरूलाई नि:शुल्क स्वास्थ्यसेवा दिन ४० श्ययो व्यवस्था गर्ने भएको छ ।
अस्पतालको सातौँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अस्पतालले सिद्धार्थ वार्ड स्थापना गरेर ४० शयाबाट निःशुल्क सेवा दिने बताएको हो।
अस्पतालका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले ग्राण्डी अस्पतालले गरिब नागरिकलाई सेवा दिने उद्देश्यले ४० श्यया निःशुल्क गर्न लागेको जानकारी दिए। ‘ग्राण्डी अस्पताल धनी व्यक्तिले उपचार गर्ने अस्पताल हो भन्ने आम मानिसको बुझाइ छ’, उनले भने, ‘यसलाई चिर्न लागि पनि हामीले ४० शय्या निःशुल्क गर्न लागेको हौँ।’
अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले सात वर्षको अवधिमा अस्पतालले चार हजारभन्दा बढी विशेष, आठ लाखभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपीडी) सेवा दिएको बताए। ५० हजार अन्तरङ्ग बिरामी, ३० हजार सर्जरी, ४१ हजार आकस्मिक सेवा र तीन हजारको हेलिकोप्टरमार्फत उद्धार गरी स्वास्थ्यसेवा प्रदान गरेको उनले जानकारी दिए।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अस्पताललाई चाहिने सहयोग गर्ने आश्वासन दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण