निःशुल्क आँखा शिविरमा २९७ ले लिए सेवा
कास्की : माच्छापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजित निःशुल्क आँखा शिविरमा २९७ जना लाभान्वित भएका छन्।
रमाकान्त\निर्मला फाउण्डेशनको आयोजना तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा भएको शिविरमा सार्दिखोला, चौर, खाँदरजुङ, घलेखर्क, च्याङलुङ, नेप्राङ तथा छिमेकी वडाका स्थानीय बासिन्दाले सेवा लिएका हुन्।
अस्पतालका स्वास्थ्यकर्मीले शिविरमा सहभागीको आँखा परीक्षण गरी औषधि तथा चस्मा वितरण गरे। परीक्षणमा आएकामध्ये सात जनामा मोतीविन्दु देखिएकाले शल्यक्रियाका लागि आँखा अस्पताल रेफर गरिएको छ। शिविरमा सहभागीलाई आँखा अस्पतालमा समेत शल्यक्रियाका लागि कुनै शुल्क नलाग्ने बताइएको छ।
हिमालयआँखा अस्पतालका प्रबन्ध निर्देशक डा. इन्द्रमान महर्जनले मानव जीवनका लागि आँखा सबैभन्दा संवेदनशील अंग भएकाले यसको बढी ख्याल गर्न सल्लाह दिए।
आँखाका बिरामीलाई सहज र पायकपर्ने स्थानमै सेवा प्रदान गर्नका लागि अस्पतालले वर्षमा १०० भन्दा बढी स्थानमा सहकार्यमा शिविर राख्ने गरेको उनले जानकारी दिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित