Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य नीति चाँडै : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य नीति चाँडै : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौ‌ं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य नीति चाँडो ल्याउने तयारी भइरहेको बताएका छन्।

काठमाडौँ महानगरपालिका–१४ स्थित ग्रिनलन्स एकेडमीको २६ औँ वार्षिकोत्सवमा उनले विद्यालय आसपास सुर्ती तथा मदिराजन्य वस्तु बिक्री वितरण गर्न नपाइने नियमसहितको स्वास्थ्य नीति ल्याउने बताए।

मन्त्री ढकालले लामो अध्ययनपछि हालै ल्याइएको शिक्षा नीतिमा विद्यालयलाई क्षमतावान् बनाउन प्राथमिकता दिएको दाबी गरे।

‘निजी विद्यालयलाई प्रोत्साहन गरी सरकारी विद्यालयलाई प्रतिस्पर्धात्मक बनाउने तयारी सरकारले गर्दैछ’, उनले भने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार