कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिमुक्त बनाउनुपर्छ : मुख्यमन्त्री शाही
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विज्ञान प्रतिष्ठानलाई राजनीतिमुक्त गर्नुपर्ने बताएका छन्।
नवनियुक्त शिक्षाअध्यक्ष प्रा. डा.निरेश थापा र निर्देशक प्रा. डा.मंगल रावलसँग भेट गरी उनले प्रतिष्ठानले प्रदेशभर सेवा विस्तार गरी प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए। उनले प्रदेश सरकारले प्रतिष्ठानको विकासमा समन्वय, सहजीकरण र आवश्यकतामा सहयोग गर्ने आश्वासनसमेत दिए।
शिक्षाध्यक्ष डा.थापाले प्रतिष्ठानको शैक्षिक क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्ने बताए। निर्देशक डा.रावलले प्रतिष्ठानको विकासबाट कर्णालीको विद्यमान स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउने विश्वास व्यक्त गरे।
प्रतिष्ठानको पुस १४ सातौँ सिनेट बैठकले शैक्षिक कार्यक्रमहरु एमबीबिएस, एमडीजीपी जनरल प्राक्टिक्स, एमएस अर्थोपेडिक्स, एमडी इन एनेस्थियोलोजी, एमडी एण्ड पेड्रियाडिक्स, एमडी गाईनोकोलोजी, एमएसी ईपिडिमियोलोजी, ब्याचलर इन न्यूट्रिसन र फार्मेसी सञ्चालन गर्ने निर्णय गरेको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण