Health TV Online
Health TV Online
Health TV Online

पुरूषलाई मात्र हुने क्यान्सर

पुरूषलाई मात्र हुने क्यान्सर

मुख फोक्सो, प्रोस्टेट पेट आन्द्रा र छालाको क्यान्सर पुरुषहरुमा हुने क्यान्सर हुन्। मुखको ल्युकोप्लाकिया हुनुभन्दा अगाडिको अवस्था हो। यी क्यान्सरहरूको जोखिम बढ्दो उमेरसँगै बढ्छ।

क्यान्सर हुने प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। फोक्सोको क्यान्सर प्रायजसो धूमपान गर्नेहरूलाई हुन्छ। त्यसैगरी स्वरयन्त्र खानेनली मृगौला मूत्रथैली र पेटको क्यान्सर हुने जोखिम पनि धूमपानसँगै बढ्छ।

सुर्तीजन्य पदार्थ चपाउनु पनि उत्तिकै हानिकारक हुन्छ। यो मुखको क्यान्सर निम्त्याउने प्रमुख कारक तत्त्व हो। त्यस्तैगरी वातावरणीय र आन्तरिक वायु प्रदूषण, कलकारखानाबाट हुने प्रदूषण र अरुले गरेको चुराेट, बिँडी र तमाखुको धुवाँले पनि क्यान्सर हुन सक्ने जोखिमलाई बढाउँछ।

अस्वस्थकर खानपिन गर्ने बानी जस्तै बोसोयुक्त खाना खाने बानी आदिले विभिन्न किसिमको क्यान्सर हुने जोखिम बढाउँछ।

यीमध्ये कुनै लक्षण देखिए तुरुन्तै चिकित्सककहाँ  जानुस्–

मुखमा कुनै घाउ वा सुजन हुनु

घाँटीमा ग्लान आउनु

खोक्दा रगत आउनु

दिसा गने बानीमा परिवर्तन आउनु

खान मन नलाग्नु र तौल घट्नु

समयमै क्यान्सर रोगको जाँच गर्नाले यसको चाँडो पहिचान गरी राम्रो किसिमले उपचार गर्न मद्दत गर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार