स्वस्थ दूधले बच्चाहरूमा मोटोपनको जोखिम कम
स्वस्थ दूध पिउने बच्चाहरूमा चिल्लो पदार्थ बढी भएको दूध पिउनेहरूको तुलनामा मोटोपनको सम्भावना कम हुने एक अध्ययनले देखाएको छ।
हालै सार्वजनिक गरिएको एक अध्ययनले ‘होल मिल्क’ अर्थात् स्वस्थ दूध पिएका बच्चामा मोटोपनको सम्भावना कम हुने गरेको पाइएको हो।
सेन्ट माइकल अस्पताल अफ युनिटी हेल्थ टोरन्टोको नेतृत्वमा भएको एक अध्ययनपछि ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसन’मा उक्त अध्ययन प्रतिवेदन प्रकाशित छ।
चिल्लो पदार्थयुक्त दूध पिउने बच्चाहरूको तुलनामा स्वस्थ दूध पिउने बच्चाहरुमा मोटोपना र बढी तौलको समस्या ४० प्रतिशत कम हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
अध्ययन प्रतिवेदन सात फरक फरक देशका २८ अध्ययनको विश्लेषण गरेर तयार पारिएको जनाइएको छ। ती अध्ययनमा २१ हजार बालबालिकालाई सहभागी गराइएको थियो। तीमध्ये अधिकांश क्यानडा र अमेरिकाका बालबालिका थिए।
अध्ययनको नेतृत्व गरेका डा जोनाथन मागुइरेले दूध सेवनको अवस्था नै बालबालिकाको बढी तौल हुने कि नहुने भन्ने कुराको मुख्य कारक रहेको बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण