गर्भवतीलाई हेलिकोप्टरमार्फत उद्धार
रुकुम पूर्व : सुत्केरी व्यथा लागेकाे एक महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। सुत्केरी व्यथाबाट ज्यान जोखिममा परेकी रुकुम पूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–५ गरेकी २६ वर्षीया लीलामती विकलाई बुधबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
विकलाई नेपालगञ्ज लगिएको रुकुम पूर्वका प्रजिअ मोहनप्रसाद अर्यालले जानकारी दिए। ४८ घण्टाअगाडि सुत्केरी व्यथा शुरु भए पनि बच्चा जन्मिन नसकेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा उनलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको प्रजिअ अर्यालले बताए।
उनलाई सुत्केरी व्यथा लागेपछि स्थानीय स्वास्थ्यचौकीमा लगिएको थियाे। स्वास्थ्यकर्मीले बच्चा निकाल्न जिल्लामा असम्भव हुने बताएपछि विकलाई नेपालगञ्ज रिफर गरिएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण