सिसडोलमा फोहाेरबाट मानव स्वास्थ्यमा असर छैन : नास्ट
काठमाडौँ : उपत्यकाको फोहर विसर्जनस्थल सिसडोलमा फोहाेरका कारण स्थानीयवासीको स्वास्थ्य र यहाँको वातावरणमा नकारात्मक असर नदेखिएको पाइएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यो क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकनको अध्ययन र अनुसन्धान गरी सो क्षेत्रमा खासै समस्या नरहेको प्रतिवेदन सार्वजनिक गरेको छ। काठमाडौँ महानगरपालिकाले नास्टलाई दिएको जिम्मेवारीअनुसार नास्टले गत असोजदेखि दुई महिना लगाई सिसडोल क्षेत्रमा अध्ययन गरिएको प्रतिष्ठानले जनाएको छ।
यहाँ बग्ने पानी र भूमिगत सतह, गन्धमापन, ग्यास, धुलोको कण, फोहरको लेदो लिचेत, आँखाले देखिने वा नदेखिने वस्तु, चराचुरुङ्गी, माछा, जनावर आदिको अध्ययन गरी यस क्षेत्रमा खासै समस्या नरहेको तथ्याङ्क सार्वजनिक गरेको हो।
प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डा.भोजराज पन्तले आफ्नो कार्यालयमा रहेको गन्धमापन यन्त्र (अल्फ्याक्टोमिटर) ले गरेको अध्ययनले सिसडोलमा रहेको फोहरका कारण उत्पन्न हुने ग्यासले स्थानीयमा खासै असर नगर्ने बताए।
नास्टले सिसडोलको २४ स्थानबाट गन्धमापन गरेको कार्यक्रममा बताइएको छ। नास्टले सिसडोल क्षेत्रमा मिथेन र कार्बनडाइअक्साइडको मात्रा नपाइएको पन्तले जानकारी दिए। सो क्षेत्रमा रहेको धुलोको कण मापदण्डभित्र नै रहेको नास्टले पाएको छ।
सिसडोल फोहर व्यवस्थापन गर्नेस्थल थप चुस्त र दुरुस्त हुनुपर्ने, उपत्यकाबाट फोहर लैजाने क्रममा छोेपेर लानुपर्ने, पुनःप्रयोग गर्न मिल्ने फोहरलाई छुट्याउनुपर्ने नास्टले बताएको छ। सिसडोल फोहोर विसर्जन गर्ने क्षेत्रभित्र मानिस र कुकुर सजिलै जान रोक गर्नुपर्ने, फोहोरको लेदो जाँचेर मात्र फाल्दा जलचरलगायत माटोमा प्रभाव नपर्ने नास्टको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण