प्रतिष्ठानमा ६ अर्बको पाँचवर्षे गुरुयोजना पारित
काठमाडौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले १२ वटा प्रस्ताव पारित गरेको छ।
प्रतिष्ठानमा एमडी एमएसका लागि एमडीजीपी, अर्थोपेडिक्स, गाइनो, पेडियाट्रिक्स लगायत कार्यक्रम सञ्चालन गर्ने, स्नातकोत्तरमा इपिडिमियोलोजी, फर्मेसी कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पारित भएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।
बैठकले ६ अर्बको पाँचवर्षे बहुवर्षीय गुरुयोजना समेत पारित गरेको प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले जानकारी दिए। उनका अनुसार चालू आर्थिक वर्षका लागि ६९ करोडको बजेट छ।
यस्तै प्रतिष्ठान छनोट समितिको अध्यक्षमा प्रा.डा. गणेश गुरुङ र सदस्यमा डा. तरुण पौडेललाई नियुक्त गर्ने निर्णय भएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण