एक कर्मचारीकाे भरमा स्वास्थ्यचाैकी
ओखलढुंगा : कर्मचारी अभावका कारण सुनकोशी गाउँपालिकाको १ को बलखु स्वास्थ्यचौकी र प्रसूतिगृहमा उपचारमा समस्या भएको छ।
अनमी, अहेब, हेल्थ असिस्टेन्स र प्रसूतिका लागि तालिमप्राप्त नर्सिङ कर्मचारी हुनुपर्ने भए पनि स्वास्थ्यचौकी तीन महिनादेखि करारका एकजना कर्मचारीको भरमा चलेको छ।
तीन स्वास्थ्यकर्मी समायोजन भई अन्यत्र गए पछि करारकी स्वास्थ्यकर्मी शशी ढकालले स्वास्थ्य चौकी र प्रसूतिगृह हेरिरहेकी छिन्। नयाँ कर्मचारी नआउँदा ०७६ असोजदेखि स्वास्थ्यचौकीमा बिरामी जाँच्ने, औषधि दिने र प्रसूति गराउने काम एक्लैले गरिरहेकी छिन्।
प्रसूति गराउँदा अत्यधिक रक्तश्राव हुने, सुत्केरी बेहोश हुनेजस्ता समस्या आउँदा समस्या पर्ने ढकालले बताइन्। स्वास्थ्यकर्मी व्यवस्थापन गरिदिन पटकपटक गाउँपालिकामा अनुरोध गरे पनि सुनुवाइ नभएको गुनासो उनले गरिन्।
गाउँपालिकाले भने समायोजन भएर आएका स्वास्थ्यकर्मीको संख्या कम रहेका कारण समस्या भएको बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण