मेट्रो अस्पतालमा क्रिटिकल केयरसम्बन्धी सेमिनार
काठमाडौं : महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालमा क्रिटिकल केयरसम्बन्धी सेमिनार सम्पन्न भएको छ। शनिबार सम्पन्न एक दिने सेमिनारमा ५० जना नर्स सहभागी थिए।
आईसीयूमा काम गर्ने नर्सहरूलाई दिइएको एक महिने क्रिटिकल केयर तालिमपश्चात् सेमिनार राखिएको अस्पतालकी नर्सिङ प्रमुख निता डंगोलले जानकारी दिइन्। ‘आईसीयूमा काम गर्ने नर्सले एकमहिने विशेष तालिम लिएर आएपछि हामीले सबै स्टाफलाई ज्ञान बाँड्नका लागि यो सेमिनार गरेका हौँ’, उनले भनिन्।
आईसीयूमा काम गर्ने नर्सले सीपीआर कसरी दिने, भेन्टिलेटर लगायतका मेडिकल उपकरण कसरी चलाउने, सिकिस्त बिरामीकाे सेवा गर्ने कसरी गर्ने भन्ने जान्न आवश्यक हुने भएकाले सात जना नर्सलाई विशेष तालिम लिन पठाएको पनि उनले जानकारी दिइन्।
आईसीयूमा काम गर्न नर्समा यससम्बधी विशेष सीप र ज्ञान चाहिन्छ। मेट्रो अस्पतालले आईसीयू\एनआईसीयूको थप सेवा बिस्तार गरेसँगै नर्सहरुलाई पनि तालिम दिन शुरु गरेको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण