‘नेपाल बन्न सक्छ ‘मेडिकल टुरिजम हब’
काठमाडौं : विज्ञहरूले नेपाललाई ‘मेडिकल टुरिजम हब’ बनाउन सकिने बताएका छन्। ‘याक एण्ड यती’ होटलमा आयोजित दोस्रो मेडिकल टुरिजम एसिया समिटमा सहभागीहरूले मेडिकल टुरिजम हबका लागि नेपाल सक्षम रहेको बताएका हुन्।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा पनि स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ ज्ञान र प्रविधिहरू भित्र्याउन सके मात्र नेपाल स्वास्थ्य क्षेत्रको केन्द्र बन्न सक्ने धारणा राखे।

मन्त्री ढकालले नेपालको स्वास्थ्य क्षेत्रलाई गति दिन ऐन, कानुनमा छुटेका कुरा थप्न सरकार प्रतिबद्ध रहेको विश्वास दिलाए। सरकारी र निजी क्षेत्रमा अस्पतालबीचको दूरी हटाउएर सन्तुलनमा ल्याउन प्रयास गर्ने उनको भनाइ छ।
कार्यक्रममा नेपाल मेडिसिटी हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाललाई ‘मेडिकल टुरिजम हब’ बनाउन सकिने दाबी गरे। सरकारी तथा निजी क्षेत्रका अस्पतालबीच सहकार्य भए नेपाल चाँडै विश्वकै उपचार केन्द्र बन्ने धारणा राखे। उनले अब नेपालीहरूले उपचारको लागि विदेश जानुपर्ने बाध्यता नभएको पनिजिकिर गरे।

सम्मेलनमा सहभागीहरूले सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा भएको यो मेडिकल टुरिजम समिटले स्वास्थ्य सेवाका प्याकेज प्रदान गरी पर्यटकहरूको बसाइँ लम्ब्याउन सहयोगी बन्नसक्ने विश्वास व्यक्त गरे।

सम्मेलनमा विभिन्न मुलुकका डाक्टर, जनस्वास्थ्य विज्ञ, अस्पतालका प्रतिनिधि, स्वास्थ्य व्यवसायी गरी दुई हजारभन्दा बढीको सहभागिता थियो। नेपालमा मेडिकल टुरिजमको विकासका लागि एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्स तथा नेपाल मेडिकल टुरिजम अर्गनाइजेसनले सम्मेलन आयोजना गरेको हो।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित