भर्ना प्रक्रिया अघि बढाउन मेडिकल कलेजहरूलाई आयोगको निर्देशन
काठमाडौं : चिकित्सा शिक्षा आयोगले यो शैक्षिक सत्रको एमबीबीएस, बीडीएस र नर्सिङ लगायत विषयको भर्ना प्रक्रिया तत्काल अगाडि बढाउन मेडिकल कलेजहरूलाई निर्देशन दिएको छ ।
ओपन हाउस काउन्सिलिङ गरेर भर्ना प्रकृया तत्काल अगाडि बढाउन विश्वविद्यालय तथा प्रतिष्ठानहरुलाई निर्देशन दिएको आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले जानकारी दिए।
उनका अनुसार छात्रवृत्ति छनोट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्नेछ। विभिन्न कारणले एमबीबीएस, बीडीएस र नर्सिङ लगायतका स्नातक तहको भर्नामा ढिलाइ भइसकेको छ। भर्नाका लागि विश्वविद्यालय तथा प्रतिष्ठानहरुले प्रवेश परीक्षा यसअघि नै लिइसकेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित