पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन
काठमाडौं: पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत श्रेष्ठको बिहिवार बिहान ७ बजेर ५५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।
ज्वरो एवं रुघाखोकी सन्चो नभएपछि श्रेष्ठलाई एक साता अघि भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ सुधार नभएपछि उनलाई मनमोहन भाष्कुलर हुँदै त्रिवि शिक्षण अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो ।
५९ वर्षीया श्रेष्ठले ३७ वर्ष नेपाल सरकारमा रहेर काम गरेका थिए । उनले यही क्रममा स्वास्थ्य मन्त्रालयमा समेत सचिवको कार्यभार सम्हालेका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण