‘स्वास्थ्य क्षेत्रमा रहेका गैरक्रियाकलाप अन्त्य गर्छु’
विराटनगर : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रभित्र रहेका गैरक्रियालाप अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको ‘स्वस्थ जीवन प्रवर्धन’ अभियान शुरु गर्दै कार्यक्रममा उनले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यक्षेत्रमा रहेका बेथिति सुधार गर्ने प्रतिबद्धता जनाएका हुन्।
उनले स्वास्थ्य क्षेत्रका कर्मचारी राज्य र जनताप्रति जवाफदेही हुनुपर्ने बताए। स्वास्थ्य क्षेत्रका प्राविधिक कर्मचारीलाई स्थानीय निकायमा प्रशासन क्षेत्रमा समायोजन गर्नु गलत भएको भन्दै मन्त्री ढकालले यसका लागि पुनःसमायोजन प्रक्रिया खुला गरेको जानकारी दिए।
स्वास्थ्यमन्त्री ढकालले प्रादेशिक अस्पताल (कोशी)को नाममा विज्ञापन गरी निजी स्वार्थका लागि क्लिनिक सञ्चालन गरिरहेका अस्पतालका चिकित्सक फेला पारेको भन्दै उनले यस्ता गलत क्रियाकलापलाई नियन्त्रण गर्ने बताए।
प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको बजेट विगतमा अस्पताल र स्वास्थ्य चौकीमा खर्चमा भएकोमा अब रोग लाग्न नदिन ‘स्वस्थ्य प्रवर्धन अभियान’मा खर्च गरिने जानकारी दिए। उनले रोगको जडका रूपमा रहेको सुर्तीजन्यपदार्थ नियन्त्रण अभियान प्रदेश राजधानी विराटनगरबाट शुरु गर्ने जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण