ल्वाङ सेवनले यी समस्या हुन्छन् दूर
ल्वाङलाई हामी मसलाका रूपमा प्रयोग गर्छौँ। यसैगरी औषधिका रूपमा पनि यसको प्रयोग हुन्छ।
आयुर्वेदमा दाँत, घाँटी, फोक्सोसम्बन्धी राेग तथा यौन समस्यामा ल्वाङ लाभदायक हुन्छ। उल्टी, पेटसम्बन्धी समस्या, शरीरको दुखाइजस्ता समस्यामा यसको प्रयोगले आराम दिन्छ।
एक गिलास तातो पानीमा पाँचवटा ल्वाङ हालेर रातभरि राखेर पिउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या दूर हुन्छन्–
यसले पाचन क्रिया राम्रो बनाउँछ। उल्टी आउने समस्यामा समेत यसले फाइदा हुन्छ।
ल्वाङले दाँतको दुखाइ हटाउँछ। यसले मुखबाट दुर्गन्ध आउने समस्या समेत ठीक पार्छ।
ल्वाङपानीले तनाव हटाउँछ। यो तनाव एवं निद्रासम्बन्धी समस्यामा लाभदायक हुन्छ।
यसले नसालाई शान्त राख्छ त्यसैले पार्किन्सन तथा शरीर काम्ने रोगमा समेत निकै फाइदा पुर्याउँछ।
ल्वाङ वा ल्वाङ भिजाएकाे पानी नियमित पिउँदा फाइदा लिन सकिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण