क्यान्सरबाट बच्न आहारविहारमा दिनुपर्छ विशेष ध्यान
पोखरा : सरोकारवालाहरूले क्यान्सरबाट बच्न आहारविहारमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
क्यान्सर काउन्सिल नेपालले मंगलबार गरेको क्यान्सर रोग विषयक सचेतना कार्यक्रममा विज्ञहरूले आहारविहार र असावधानीका कारण धेरै व्यक्ति क्यान्सरको जोखिममा परेको बताएका हुन्।
वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा. डा. विष्णुदत्त पौडेलले रहनसहन, आहार विहार र असावधानीका कारण धेरैले क्यान्सर रोगबाट ज्यान गुमाउनुपरेको बताए।
‘सुर्तीजन्य पदार्थ, मदिरा आदिको सेवनले क्यान्सर रोग बढाएको छ’, उनले भने, ‘बेलैमा सावधानी अपनाउन नसक्दा पनि यसको मारमा पर्नेको संख्या धेरै छ।’ विश्वमा सन् २०१८ मा क्यान्सरकै कारण करीब १० लाख जनाले ज्यान गुमाएको भन्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगका कारण २२ प्रतिशतले ज्यान गुमाउने गरेको बताए।
क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले बेलैमा सचेत भए क्यान्सरबाट हुने जोखिममा कमी ल्याउन सकिने बताए। उनले समाजमा क्यान्सरसम्बन्धी सचेतना अपरिहार्य रहेको तर्क गरे।
सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रणलगायत आहारबिहारमा ध्यान पुर्याउने हो भने त्यसले क्यान्सरजन्य रोगबाट बच्न धेरै सहयोग पुग्ने उनको भनाइ छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा