स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान
गुल्मी : कालीगण्डकी गाउँपालिका–७ को भुर्तुङ स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ। पण्डित वेणीमाधव पौडेल फाउण्डेसन गुल्मीले मंगलबार स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो।
काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कालीगण्डकी गाउँपालिका–७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे। राज्यले गर्नुपर्ने काम नेता थापाले फाउण्डेसनले गरेकाे भन्दै खुशी प्रकट गरे।
भुर्तुङ स्वास्थ्यचौकीमार्फत सञ्चालन हुने यो एम्बुलेन्सले सोही वडासहित खड्गकोट, चन्द्रकोट गाउँपालिकाका केही वडा र बागलुङका नागरिकलाई समेत सेवा दिने वडाध्यक्ष शाहले जानकारी दिए। एम्बुलेन्स नभएका कारण डोको, स्ट्रेचर तथा निजी सवारीसाधनमा चर्को मूल्य तिरेर स्वास्थ्य संस्थासम्म पुर्याउनुपर्ने बाध्यता स्थानीयवासीलाई थियो।
गाउँका नागरिकको समस्यालाई मध्यनजर राख्दै बुबाको सम्झनामा एम्बुलेन्स प्रदान गरेको छोरा गोकर्ण पौडेलले बताए।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा