गंगालाल अस्पतालको कार्यकारी निर्देशक पदमा डा चन्द्रमणी अधिकारी नियुक्त
काठमाडौं: शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीको कार्यकारी निर्देशक पदमा सरकारले मुटुरोग विशेषज्ञ डा चन्द्रमणी अधिकारीलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मुटुरोग विशेषज्ञ डा अधिकारीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि डा ज्योतिन्द्र शर्मा केन्द्रका निर्देशक थिए । उनको कार्यकाल गत साउनमा नै सकिएको थियो । त्यसपछि डा युवराज लिम्बूलाई अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण