गंगालाल अस्पतालको कार्यकारी निर्देशक पदमा डा चन्द्रमणी अधिकारी नियुक्त
काठमाडौं: शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीको कार्यकारी निर्देशक पदमा सरकारले मुटुरोग विशेषज्ञ डा चन्द्रमणी अधिकारीलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मुटुरोग विशेषज्ञ डा अधिकारीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि डा ज्योतिन्द्र शर्मा केन्द्रका निर्देशक थिए । उनको कार्यकाल गत साउनमा नै सकिएको थियो । त्यसपछि डा युवराज लिम्बूलाई अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा