गाउँपालिकाकाे ‘पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता’ अभियान
बेझाङ (पाल्पा) : घरमा सुत्केरी हुने संख्या शून्य बनाउन पाल्पाको निस्दी गाउँपालिकाले ‘पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता’ अभियान तीव्र पारेको छ ।
नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप पाल्पाका निस्दी गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता गर्न टोल अभियान शुरु गरेको हो ।
निस्दी–४ स्थित मित्याल स्वास्थ्य चौकीले गाउँपालिकामा नै पहिलोपटक पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु गरेको छ। २०७३ देखि हालसम्म निस्दी–४ को मौलाथर वा साबिक मित्याल गाविस–५ को मौलाथरमा शत्प्रतिशत संस्थागत सुत्केरी भइसकेकाले मौलाथर टोलबाट अभियान शुरु गरिएको मित्याल स्वास्थ्य चौकीका प्रमुख पुरबहादुर सारुले बताए।
गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले गाउँपालिकामा सुनिश्चितता नै गर्नु आवश्यक रहेको भन्दै टोेलमा मात्र नभई वडा हुँदै सिङ्गो गाउँपालिकालाई घोषणा गर्नुपर्ने बताइन्।
स्वास्थ्य संयोजक रेमबहादुर दिशाले अन्य गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेको हुनाले यस गाउँपालिकामा पनि छिटोभन्दा छिटो पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न जोड दिएको बताए। पूर्ण संस्थागत सुत्केरी घोषणाका लागि ९५ प्रतिशतभन्दा बढी संस्थागत सुत्केरी र ९५ प्रतिशतभन्दा बढी गर्भवती परीक्षण हुनुपर्नेछ।
पाल्पाका पूर्वखोला र बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् भने अन्य स्थानीय तह पनि घोषणा गर्ने तयारीमा जुटेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण