शिविरमा भेटियो ११५ जनालाई माेतियाविन्दु
सप्तरी : छिन्नमस्ता गाउँपालिकामा आयोजित एकदिने निःशुल्क ‘आँखा तथा कान शिविर’ मा ११५ जनामा मोतियाविन्दु फेला परेको छ।
धर्मी हल्फा महिला विकास क्लब तथा नेपाल नेत्रज्योति संघ सगरमाथा र चौधरी आँखा अस्पताल लहान सिरहाको आयोजनामा सोमबार सम्पन्न शिविरमा करिब तीन सय स्थानीय बासिन्दाले सेवा लिएको बताइएको छ ।
शिविरमा आँखामा देखिएका मोतियाबिन्दुका ११५ बिरामीलाई आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने बताइएको छ। शिविरमा बिरामीलाई निःशुल्क औषधि प्रदान गरिएको धर्मी हल्फा महिला विकास क्लबका अध्यक्ष सूर्यनारायण यादवले जानकारी दिए।
सगरमाथा चौधरी आँखा अस्पतालका चिकित्सक राजकुमार यादवको नेतृत्वको टोलीले आँखा र कानका बिरामीलाई जाँच गरेका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण