नरिवलको रक्सी पिउँदा आठ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना
फिलिपिन्समा नरिवलको रक्सी सेवन पिएका कम्तीमा आठ जनाको मृत्यु भएको छ। रक्सीकै कारण बिरामी भएका सयौँजना अस्पताल भर्ना भएका अधिकारीहरूले जानकारी दिएका छन्।
उनीहरूले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने अनुमान गरिएको छ ।
राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको सप्ताहान्त भेलामा सहभागी भएर रक्सी पिएकामध्ये केहीको मृत्यु भएको हो।
रक्सी सेवन गरेपछि उनीहरूले शरुमा पेट दुखेको बताएका थिए। बिरामी भएकामध्ये नौ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिए।
रक्सी सेवनका कारण बिरामी भएका ३०० जना अस्पतालमा भर्ना भएका उनले बताए। उनीहरू सबको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरुको भनाइ छ।
क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचबिखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ ।
बजारमा बिक्री वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्छन्। रक्सी बनाउने अधिकांश स्थानीय पछि परेका समुदायका हुन्।
उनीहरूले बनाउने याे प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरूले बताए।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा