नरिवलको रक्सी पिउँदा आठ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना
फिलिपिन्समा नरिवलको रक्सी सेवन पिएका कम्तीमा आठ जनाको मृत्यु भएको छ। रक्सीकै कारण बिरामी भएका सयौँजना अस्पताल भर्ना भएका अधिकारीहरूले जानकारी दिएका छन्।
उनीहरूले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने अनुमान गरिएको छ ।
राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको सप्ताहान्त भेलामा सहभागी भएर रक्सी पिएकामध्ये केहीको मृत्यु भएको हो।
रक्सी सेवन गरेपछि उनीहरूले शरुमा पेट दुखेको बताएका थिए। बिरामी भएकामध्ये नौ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिए।
रक्सी सेवनका कारण बिरामी भएका ३०० जना अस्पतालमा भर्ना भएका उनले बताए। उनीहरू सबको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरुको भनाइ छ।
क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचबिखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ ।
बजारमा बिक्री वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्छन्। रक्सी बनाउने अधिकांश स्थानीय पछि परेका समुदायका हुन्।
उनीहरूले बनाउने याे प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरूले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण