चिसाे बढेपछि दमकका विद्यालय बन्द
झापा : अत्यधिक चिसो बढेपछि झापाको दमक नगरपालिकाका सबै विद्यालय तीन दिनका लागि बन्द भएका छन्।
केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलेपछि दैनिक पठनपाठनमा असहज भएका कारण सोमबारदेखि बुधबारसम्मका लागि सबै विद्यालय बिदा गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको हो।
अन्य बिदामा मिलान गर्ने गरी बिदा दिइएको नगरपालिका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी जानकारी दिएका हुन्। सूचनासँगै नगरका तीन दर्जनभन्दा बढी विद्यालय बन्द भएका छन्।
यसैगरी सुनसरीकाे इनरुवा नगरपालिकाले दुई दिनका लागि विद्यालयमा बिदा दिएको छ। सूचना जारी गर्दै नगरपालिकाले अत्यधिक चिसोका कारण विद्यालयमा सोमबार र मंगललबार बिदा दिएको जनाएकाे हाे।
चिसोमा बालबालिकालाई आउनजान तथा पठनपाठन गर्न समस्या हुने र स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले दुई दिनका लागि बिदा दिएको नगरपालिकाका प्रमुख राजन मेहताले बताए।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा