चिसाे बढेपछि दमकका विद्यालय बन्द
झापा : अत्यधिक चिसो बढेपछि झापाको दमक नगरपालिकाका सबै विद्यालय तीन दिनका लागि बन्द भएका छन्।
केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलेपछि दैनिक पठनपाठनमा असहज भएका कारण सोमबारदेखि बुधबारसम्मका लागि सबै विद्यालय बिदा गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको हो।
अन्य बिदामा मिलान गर्ने गरी बिदा दिइएको नगरपालिका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी जानकारी दिएका हुन्। सूचनासँगै नगरका तीन दर्जनभन्दा बढी विद्यालय बन्द भएका छन्।
यसैगरी सुनसरीकाे इनरुवा नगरपालिकाले दुई दिनका लागि विद्यालयमा बिदा दिएको छ। सूचना जारी गर्दै नगरपालिकाले अत्यधिक चिसोका कारण विद्यालयमा सोमबार र मंगललबार बिदा दिएको जनाएकाे हाे।
चिसोमा बालबालिकालाई आउनजान तथा पठनपाठन गर्न समस्या हुने र स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले दुई दिनका लागि बिदा दिएको नगरपालिकाका प्रमुख राजन मेहताले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण